वासिङ्टन, ७ जेठ । रुसले भूतपूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई आफ्नो देशमा आतेजाते गर्न प्रतिबन्ध लगाएको छ ।अमेरिकाले आफूमाथि लादेको नाकाबन्दीको प्रतिकार गर्दै यस्तो प्रतिबन्ध लगाएको रुसी विदेशमन्त्रलयले बताएको छ ।
ओवामाकको साथै सहित अन्य उच्च पदस्थ पाँच सय जना अमेरिकी नागरिकमाथि पनि रुसले यस्तै प्रतिबन्ध लगाएको छ ।
रुसको विदेशमन्त्रालयले पूर्वराजदूत जन हन्टस्म्यान, सिनेटरहरूका साथै प्रख्यात टेलिभिजन कार्यक्रम प्रस्तोता जिम्मी किम्मेल, कोलवर्ट, सेथ मेइर्सलगात अमेरिकी नागरिकलाई रुस प्रवेशमा निषेध गरेको केबल न्युज नेटवर्क (सिएनएन)ले जनाएको छ ।
रुसी विदेश मन्त्रालयले अमेरिकी नागरिकमाथि लगाएको प्रतिबन्धमा भनेको छ : “वासिङ्टनका दुर्भावनापूर्ण हरेक कदमको जवाफ मस्कोले दिनेछ, यो कुरा उसलाई ज्ञात हास्।”
करिब १५ महिनादेखि रुस र युक्रेनबीच युद्ध जारी छ । अमेरिकालगायत पश्चिमा देशले युक्रेनमाथि भएको रुसी हमलाको निन्दा गर्र्दैै मस्कोमाथि आर्थिक नाकाबन्दी गरेका छन् ।
केही महिनाअघि रुसी कदमको विरोध गर्दै विश्वका एक सय ४१ देशले युक्रनेमाथिको हमला अविलम्ब अन्त्य हुनुपर्ने राष्ट्रसङ्घीय प्रस्तावका पक्षमा मतदान गरेका थिए ।रासस/ एएनआई
