सिन्धुपाल्चोक, ५ वैशाख । भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट निर्यात खुलाउन चीन र नेपालबीच सहमति भएको छ ।

उक्त नाका २०७२ सालको भूकम्पपछि वन्द भएको थियो ।

नेपाल–चीनको सीमा मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीच मंगलवार भएको छलफलमा ६ बुँदे सहमति भएको हो ।

नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारीबीच बैठक भएको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार सो नाका स्थायी रुपमा सञ्चालन गर्न वैशाख १८ (मे १) बाट खोलिने भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर