काठमाडौं, ७ फागुन । कैलाली निर्वाचन क्षेत्रनम्बर २ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई रिहा गरिएको छ ।

सांसद चौधरीलाई प्रजातन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिनुभएको थियो ।

वि.स.२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्रयाक्टर जलाएको अभियोगमा दोषी ठहर भएपछि उहाँलाई गत माघ १९ गते बाँकेबाट पक्राउ गरी जिल्ला कारागारमा राखिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर