काठमाडौं,६ फागुन । सैनिक मञ्च टुँडिखेलमा आज एक विशेष समारोह बीच २६० औ नेपाली सेना दिवस मनाइयो ।
सो अवसरमा नेपाली सेनाव्दारा युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी र सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको छ ।
सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, का.मु. प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नुभएको थियो ।
हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो ।
सो अवसरमा भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायत आर्मीको टोलीद्वारा व्याण्ड प्रश्तुति समेत भएको थियो ।
जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवस मनाइएको छ ।
