काठमाडौ, १ फागुन । सरकारले जनयुद्ध दिवसको नाममा दिएको सार्वजनिक बिदाको बिरोधमा आज यहाँ प्रदर्शन गरिएको छ।
द्वन्द्वपीडित समुदाय र नागरिक समाजव्दारा आयोजित बिरोध प्रदर्शनमा नागरिक समाज, मानवअधिकारवादी संघसंस्थासँग आवद्ध व्यक्तिहरुको पनि सहभागिता थियो ।
विभिन्न नारा लगाइएको प्रदर्शनमा जनयुद्ध दिवसको नाममा दिइएको सार्वजनिक बिदा खारेज गर्नुपर्ने र द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने माग गरिएको थियो । बिरोध प्रदर्शन कार्यक्रममा मानवअधिकारवादी सुशिल प्याकुरेलले सार्वजनिक बिदा ज्यादती भएको बताउनुभयो ।
मानवअधिकारवादी चरण प्रसाईंले वर्तमान सरकार पीडितको पक्षमा नभई पीडकको पक्षमा उभिएको बताउनुभयो ।
त्यस्तै अर्का मानवअधिकारवादी महामुनिश्वर आचार्यले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा स्वीकार्न नसकिने उल्लेख गर्नुभयो ।
