काठमाडौँ, २४ माघ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
उपाध्यक्ष अर्याल सोमबार मात्रै उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
मंगलबार पद तथा गोपनीयताको शपथलगत्तै पद बहालीपछि उपाध्यक्ष अर्यालले सांसदहरूसँग पनि सहकार्य गर्दै अघि बढ्ने उल्लेख गर्नुभयो । सके जति प्रभावकारी भूमिका निर्वाह गर्छु । ’, उपाध्यक्ष अर्यालले सङ्घीय संसद्मा महिला सांसदहरूको भूमिका पनि प्रभावकारी बनाउनुपर्ने प्रष्ट पार्नुभयो ।
राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित भएपछि विशेष जिम्मेवारी महसुस गरेको भन्दै आफ्नो भूमिका तटस्थ र निष्पक्ष रहने बताउनुभयो ।
तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो।
—
