संयुक्त राष्ट्रसङ्घ, ६माघ । मालीस्थित संयुक्त राष्ट्रसङ्घीय शान्ति ‘मिशन’ थप कर्मचारी र सैनिक बिना दिगो हुन नसक्ने त्यसलाई सुदृढ तुल्याउन सेना र कर्मचारी थप्नुपर्ने सुझाव दिइएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदन एएफपीले फेला पारेको छ ।
प्रतिवेदनले उक्त मिशनका मुख्य शर्त पालना नभएमा सेना फिर्ता गर्नेसम्मका सुझाव पनि दिएको छ ।

जिहादीहरूको निरन्तर आक्रमणका कारण पतन उन्मुख मालीलाई जोगाउन शान्ति मिशन स्थापना गरिएको भए पनि त्यहाँको सुरक्षा स्थिति निरन्तर बिग्रँदै गएको छ । उक्त देशको वर्तमान अवस्थालाई लिएर महासचिव एन्टोनियो गुटरेसले सुरक्षा परिषद्मा पेस गरेको प्रतिवेदनमा पनि यो कुरालाई स्वीकार गरिएको छ । महासचिवले प्रतिवेदनमा मालीको वर्तमान स्थिति दिगो नरहेको उल्लेख गर्नुभएको छ । शान्ति स्थापनाका निम्ति खडा गरिएको मिशन नै अशान्त रहेको आशय उहाँले प्रतिवेदनमा व्यक्त गर्नुभएको छ ।

करिब नौ वर्षदेखि माली मिशनमा सबैभन्दा धेरै सैनिक परिचालन गरेको राष्ट्र फ्रान्सले गत अगस्टमा फिर्ता गरेपछि मिशन बढ्दो दबाबमा परेको छ । उक्त मिशनले परिषद्ले दिएको कार्यादेश कार्यान्वयन नभएकामा पनि महासचिव असन्तुष्ट हुनुुहन्छ ।
थप आर्थिक व्ययभार नपर्ने गरी मालीको केन्द्रीय क्षेत्रलाई मिशनअन्तर्गत समावेश गर्न निर्देशन भएको थियो ।
सुरक्षा परिषद्को कार्यादेश कार्यान्वयन नहुँदा मालिका जनता तथा अधिकारीले पनि उक्त मिशनको आलोचना गरेका छन् । एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर