बेइजिङ, ५ कात्तिक । चिनियाँ कम्युनिष्ट पार्टीले शनिबार सी जिनपिङको नेतृत्वमा रहेको मूल स्थितिलाई समर्थनसहित पारित गरेको छ ।जारी चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनको समापनपछि उहाँ तेस्रो कार्यकालमा निर्वाचित हुने लगभग निश्चित छ।
सबै पार्टी सदस्यहरू पार्टी केन्द्रीय समिति र समग्र पार्टीपङ्क्तिले पार्टी महासचिव सी चिनफिङको राजनीतिक र पदीय स्थितिलाई समर्थन गर्ने तयारीमा छन् । यो सँगै उहाँ राष्ट्रपतिको तेस्रो कार्यकालका लागि निर्वाचित हुँदै हुनहुन्छ। एएफपी
