काठमाण्डौं,३ कार्तिक । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिनुभएको छ । उहाँ ४५ दिनअघि मात्र प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो ।
बिहीवार एउटा सम्बोधन गर्दै उहाँले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिएको बताउनु भयो ।
घोषणा गरे अनुसारका काम गर्न नसकेको भन्दै आफ्नै मन्त्रिमण्डलका सदस्य तथा पार्टीका नेताहरुले उहाँलाई केही दिन यतादेखि राजीनामा दिन दबाब दिइरहेका थिए ।
अब त्यहाँ नयाँ प्रधानमन्त्री चयनका लागि कन्जर्भेटिभ पार्टीको नेताको चुनाव हुने छ ।
यसअघि भारतीय मूलका नेता ऋषि सुनकलाई पराजित गरेर लिज ट्रस सो पार्टीको नेता चयन भै प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।
ट्रस बेलायतको इतिहासमा सबैभन्दा थोरै समय प्रधानमन्त्रीको पदमा रहने नेता हुनुभएको छ । यसअघि सन् १८२७ सबैभन्दा ११९ दिनका लागि जर्ज क्यानिङ प्रधानमन्त्री बन्नुभएको थियो ।
