काठमाडौं, २ कात्तिक । भारतीय राष्ट्रिय कांग्रेसको छैठौ अध्यक्षका रुपमा मल्लिकार्जुन खड्गे निर्वाचित हुनुभएको छ ।
उहाँले शशी थरुरलाई हराउनुभएको हो ।
कुल ९ हजार ३८५ मतमध्ये गान्धी परिवारका नजिक खड्गेले ७ हजार ८९७ मत पाउनुभएको छ ।
खड्के पछिल्लो २ दशकमा भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्व गर्ने गान्धी परिवारभन्दा बाहिरको व्यक्ति हुनुहुन्छ ।
सन् २०१९ को लोकसभा चुनावमा पराजय भोगेपछि राहुल गान्धीले राजीनामा गर्नुभएको थियो । त्यसपछि सोनिया अन्तरिम अध्यक्ष बन्नु भएको थियो ।
