चीन, ३० असोज । चीनका राष्ट्रपति सी जिन्पिङले बेइजिङमा कम्युनिस्ट पार्टीको ऐतिहासिक कङ्ग्रेस सुरु गर्दै आफ्नो विवादास्पद शून्य कोभिड रणनीतिको बचाउ गर्नुभएको छ ।

दशकौँ लामो परम्पराभन्दा भिन्न प्रतिनिधिहरूले सीलाई यस सम्मेलनमार्फत् तेस्रो कार्यकालका लागि पार्टी प्रमुख बनाउने सम्भावना छ।

शून्य कोभिडलाई उहाँँले भाइरसको फैलावट रोक्न गरिएको पूर्ण आकारको जनताको लडाइँ बताउनुभयो ।

उक्त नीतिले जीवनहरू बचाएको छ तर चिनियाँ नागरिक र अर्थतन्त्रको लागि सजायकारी माध्यम समेत बनेको छ।

लकडाउन र यात्रा प्रतिबन्धहरूबारे बढ्दो रूपमा मानिसहरूको निराशा बढिरहेको पाइन्छ।

यस कङ्ग्रेसअघि बेइजिङमा कडा सुरक्षा उपायहरू अपनाइएको थियो।

बिहीबार त्यहाँ दुर्लभ र नाटकीय रूपमा हुने आम विरोधमा सी र शून्य कोभिड नीतिको आलोचना गरिएको थियो।

उक्त टापुलाई बेइजिङले आफ्नो भूभाग दाबी गर्ने गर्छ तर स्वशासित ताइवाने आफूलाई मुख्य भूमिभन्दा भिन्न ठान्छ।

बिस्तारै र विचारपूर्वक बोल्दै उहाँले बेइजिङले ूबल प्रयोगलाई अस्वीकार गर्ने बाचा कहिल्यै नगर्ने र त्यस हाम्रो देशको पूर्ण पुर्न एकता महसुस गर्नैपर्ने र त्यसो हुने बताउनुभयो ।

त्यस बखत प्रतिनिधिहरूले लामो ताली बजाएका थिए।

बिहीबार बेइजिङमा दुर्लभ र नाटकीय रूपमा हुने आम विरोधमा सी र शून्य कोभिड नीतिको आलोचना गरिएको थियो।

 

(बिहीबार बेइजिङमा दुर्लभ र नाटकीय रूपमा हुने आम विरोधमा सी र शून्य कोभिड नीतिको आलोचना गरिएको थियो)

हङकङका विषयमा सीले त्यहाँ नियन्त्रण कायम गर्दै भद्रगोलबाट शासनको अवस्था सिर्जना गरेको बताउनुभयो ।

बेइजिङले उक्त भूभागमा सन् २०१९ मा भएका प्रजातन्त्र पक्षधर प्रदर्शनहरूपछि कडा राष्ट्रिय सुरक्षा कानुन लागु गरेको छ।

सीले चीनको राजनीतिक संस्थापनका विभाजनलाई उद्धृत गर्दै उहाँको शासनले पार्टीमा गम्भीर अदृश्य खतराहरूलाई हटाएको बताउनुभयो ।

चीनको नेतृत्व सम्हालेयता उहाँले व्यापक दायरामा भ्रष्टाचारसम्बन्धी कारबाहीहरू गरेका छन् जसमा पार्टीका उच्च तहका नेताहरू समेत परेका छन्।

तर आलोचकहरूले त्यसलाई राजनीतिक सफायाको रूपमा व्याख्या गर्छन्।

कङ्ग्रेसको पहिलो दिन आइतवार सीको मन्तव्य मुख्य ध्यान खिचेको छ।

त्यसमा प्रयोग भएका शब्दहरू महिनौँको तयारीसँगै चयन गरिन्छ।

र समीक्षकहरूले त्यसको विश्लेषण गर्दै नीतिगत बदलाव भए(नभएको खोतल्न थाल्छन्।

चिनियाँ कम्युनिस्ट पार्टीको नेताका रूपमा तेस्रो कार्यकालले सीलाई माओ त्सेदोङपछिको सबैभन्दा शक्तिशाली नेता हुने बाटो खोल्नेछ।

पार्टी नेताहरूको चयन गर्न र मुख्य नीतिहरूमा बहस गर्नका लागि झण्डै २,३०० नेताहरू यतिखेर बेइजिङमा भेला भएका छन्।

कङ्ग्रेस प्रतिनिधिहरूले यसबिचमा पोलिटब्युरो स्थायी समिति सहित कैयौँ नेताहरू निर्वाचित गर्ने अपेक्षा गरिएको छ।

पोलिटब्युरोलाई चीनको राष्ट्रपतीय मन्त्रीमण्डल सरह ठानिन्छ।

विगतमा एक दशकमा दुईपटक हुने कङ्ग्रेसलाई नेताहरूको आफ्ना समर्थकलाई अगाडी सार्ने अवसरका रूपमा हेरिन्थ्यो।

जसले नेताहरूलाई पार्टीभित्र आफ्नो पक्षमा शक्ति बढाउने प्रतिस्पर्धाको अवसर दिन्थ्यो।

तर जानकारहरूका भनाइमा २०औँ पार्टी कङ्ग्रेसमा सी जिन्पिङको एउटा मात्र पक्ष भएको देखिन्छ।

हाल चीनमा सी जिन्पिङ तीनवटा सबैभन्दा शक्तिशाली पदमा छन् जुन पार्टीको महासचिव, देशका सेनाहरूको अध्यक्ष र राष्ट्रपति हुन्।

यस कङ्ग्रेसमा उहाँले महासचिव र सेनाध्यक्षको कार्यकाल थप गर्ने ठानिएको छ। बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर