काठमाण्डौं, २५ असोज । मलेसियाका प्रधानमन्त्री इस्माइली साब्री याकूबले त्यहाँको संसद् विघटन गर्नु भएको छ । अब त्यहाँ ६० दिन भित्र मध्यावधि निर्वाचन हुनेछ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाए अनुसार, उहाँले संसद् विघटन र मध्यावधि निर्वाचनको घोषणा टेलिभिजनबाट देशबासीको नाममा हिजो एक सम्बोधन गर्दै गर्नुभएको हो । यो घोषणा राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिएर गरेको प्रधानमन्त्री साब्रीले आफ्नो सम्बोधनमा बताउनु भएको छ ।
तर मध्यावधि चुनावको मिति भने तोकिएको छैन । सरकारको सिफारिसमा निर्वाचन आयोगले केही दिनमा निर्वाचनको मिति घोषणा गर्ने जनाइएको छ ।
सन् २०१८ को निर्वाचनपछि देशमा अप्रत्याशित विभिन्न घटनाक्रम भएको र त्यसले देशको आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नु परेको मलेसियाका प्रम साब्रीको दावी छ ।
