काठमाडौँ, १७ असोज ।   प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालका संस्थापक अध्यक्ष प्रा डा  सौभाग्यजङ्ग कार्कीको स्मृतिमा स्थापित संस्था सौभाग्यजङ्ग कार्की स्मृति प्रतिष्ठानले उहाँको जन्मजयन्ती, स्मृति दिवस र अन्य विभिन्न अवसरमा विविध सामाजिक कार्यहरू गर्दै आइरहेको छ । प्रत्येक महिना प्रदान गरिने दान कार्यक्रमअन्तर्गत यस संस्थाले बानेश्वरस्थित निसहाय सेवा सदन नामक वृद्धाश्रमलाई २०७९ साल वैशाखदेखि प्रत्येक महिना रु। १००००र( देखि रु। २५०००र( सम्मको खाद्यसामग्री वितरण गर्दै आइरहेको छ ।

२०७९ साल असोज महिनामा स्नेही काख संस्थालाई रु। ५१,५००र( को कपडा वितरण गरिएको छ भने दार्चुलाका बाढीपीडितलाई रु। २००००र( को राहत वितरण गरिएको छ । त्यसै गरी गणेशमान स्मृति फुटसललाई रु।५०००र( आर्थिक सहयोग गरिएको छ । मोडर्न कन्या क्याम्पसमा रु। १००००र( को खाद्यसामग्री वितरण गरिनुका साथै त्यहाँका समाजसेवीमध्ये उत्कृष्ट एक जना विद्यार्थीलाई वार्षिक रुपमा रु। ५०००र( पुरस्कार प्रदान गरिनेछ ।

यस संस्थाले कोभिड सङ्क्रमण र लकडाउनका समयमा पनि रु। ३०००००र( को राहत सामग्री वितरण गरेको थियो । यस वर्ष छात्रवृत्तिअन्तर्गत महेन्द्र भवन स्कुलका ४ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई रु। ६५०० देखि रु। ८०००र( सम्म र बाहिरका १ जनालाई रु। ५०००र( रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ । छात्रवृत्ति वार्षिक रुपमा प्रदान गरिने अनुदान हो ।

प्रतिक्रिया

सम्बन्धित खवर