तनहुँ, भदौ ७ गते । नेपाल विद्यार्थी सङ्घका निवर्तमान महामन्त्री तथा युवा नेता दीपक भट्टराई तनहुँबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा जुट्नुभएको छ । पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व गर्दै आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा क्षेत्र नं १ बाट प्रदेश सभा सदस्यमा आफ्नो उम्मेदवारी दाबी गर्नु भएको छ । आफ्नै कला, मेहनत र परिश्रमले राजनीतिक छलाङ मारेको व्यक्ति हुनुहुन्छ नेता भट्टराई ।

जुझारु नेता भट्टराई नेविसङघको महामन्त्री, महाधिवेशन प्रतिनिधिको हैंसियतमा लगनशिलता कार्यकुशलता, निष्ठा, इमान्दार र कतव्र्यनिष्ठ भई गरेकाले नै राजनीतिमा छलाङ मार्न सहज भएको छ । यसै पृष्ठभूमिका कारण प्रदेशको निर्वाचनमा पार्टीको तर्फबाट सबैभन्दा लोकप्रिय नेताका रुपमा भट्टराईलाई हेरिएको छ र जिल्लामा सबैले उहाँको उम्मेदवारीलाई स्वभाविक रुपमा समेत लिएका छन् । युवाको भविष्यको लागि, मुलुकको समृद्धि, तनहुँको परिवर्तन र प्रगतिको लागि आफनो उम्मेदवारी भएको नेता भट्टराईले दमौलीमा पत्रकार सम्मेलन गरी बताउनुभयो ।

देशको नेतृत्व तनहुँले गर्नुपर्ने र तनहुँको नेता हाम्रो भिरपाखाको मात्रै हैन देशकै नेता बन्नुपर्ने भट्टराई बताउनुहुन्छ । ‘हामी हाम्रो भुगोलसँगै समग्र देशको विकास गछौं’ भट्टराईले बताउनुभयो । युवाको सोचले नै मुलुकको समृद्धिको आधार भएकोले राजनीतिक दल युवाको मनमुटुमा बस्न सक्नुपर्ने भट्टराई बताउनुहुन्छ । ‘अबको नेपाल कस्तो बनाउनु पर्छ भन्ने सुरुवात तनहुँबाट गर्नुपर्छ त्यसको लागि मेरो उम्मेदवारी दाबी हो’ नेता भट्टराईले बताउनुभयो ।

हिजो गुजरातमा गरेको विकासका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोकप्रिय भएझैं तनहुँमा नमुना काम गरेर देशकै नेता हुन सक्नुपर्ने भट्टराई बताउनुहुन्छ । ‘२१ औं शताब्दी नेपाल कस्तो हुनुपर्छ भन्ने सुरुवात आफैबाट गर्न चाहन्छु भट्टराईले भन्नुभयो युवासँग क्षमता र सामर्थ छ तर सोच नभएकोले पछि परेका छौं’ । अब केवल आफ्नो बारेमा सोच्ने नेता हैन, आफू धनी हुने नेता हैन नेपाललाई धनी बनाउने नीति चाहिएको भट्टराईको भनाइ छ ।

२०५२ सालको शिक्षा सेवा आयोगमा निमावि तहको नाम निकालेर पनि अन्तरवार्ता नदिइ राजनीतिमा होमिनु भएको हो युवा नेता भट्टराई । राजनीतिको माध्यमबाट देश परिवर्तन गर्न लागेको उहाँ बताउनुहुन्छ । तेज दिमागका नेता भट्टराई हाल त्रिभुवन विश्वविद्यालयबाट द्धन्द्ध व्यवस्थापन विषयमा विद्यावारिधी (पीएचडी) गर्दै हुनुहुन्छ । उहाँले समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर