काठमाडौँ, १४ असार ।बिभिन्न घटना र दुर्घटना मा परी छ जनाको निधन भएको छ । भिरबाट लडेर एकजना चट्याङमापरे तीनजना र्पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

भिरबाट लडेर एक मजदुरको मृत्यु
दोलखाको विगु गाउँपालिका–१ लामावगरको रिकु भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । लामावगरस्थित रिकु भिरबाट लडेर जाजरकोट जिल्ला छेदाघाट नगरपालिका–१० का ३२ वर्षीय नवीन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

लामावगर सिमीगाउँ जोडको सडक निर्माणका क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । सडक निर्माण गर्ने क्रममा लडेका पुनको शव विगु गाउँपालिका–१ स्थित रिकु भिरमुनि लडेको अवस्थामा शव फेला परेको दोलखाका प्रहरी निरीक्षक राजेश सिक्देलले जानकारी दिनुभयो ।

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

कैलालीको लम्कीचुहा नगरपालिका–८ मलभङ्गा गाउँमा पोखरीमा डुबेर बेहोस भएका दुई बालिकाको उपचारका क्रममा गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा मलभङ्गा गाउँका लालबहादुर बिष्टकी सात वर्षीया छोरी आश्रिया र भीमबहादुर कुवँरको छ वर्षीया छोरी भावना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिनु भयो ।

गाउँमा रहेको इँटाभट्टामा खेलिरहेको अवस्थामा नजिकै रहेको पोखरीमा सोमबार बेलुका बालिका डुबेको देखेपछि स्थानीयवासीले उद्धार गरी बर्दगोरियास्थित खापर हेल्थ क्लिनिकमा पु¥याएका थिए । क्लिनिकमा उपचारका क्रममा राति मृत्यु भएको जनाइएको छ ।

चट्याङ लागेर दुईको मृत्यु

कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका–६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक रमेशराज मल्लले जानकारी दिनुभयो ।

“चट्याङ पर्दा खेतमा मेड हालिरहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भयो,” प्रहरी निरीक्षक मल्लले भन्नुभयो, “अहिले शवपरीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिरहेका छौँ ।” त्यसैगरी चट्याङ परेर पुनर्वास नगरपालिका–८ ‘क’ गाउँका २५ वर्षीया शारदा थापाको पनि घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरी निरीक्षक मल्लका अनुसार थापाको खेतमा धान रोप्दै गर्दा खेतमा मेड हाल्ने क्रममा चट्याङ लागेर मृत्यु भएको हो ।

चट्याङमा परी मृत्यु

कैलालीमा चट्याङ परी आज बिहान एकजना पुरुषको मृत्यु भएको छ । गोदावरी नगरपालिका–३ मालाखेती रेडियन्ट ग्यास कम्पनिको जमिनमा रोपाइँ गर्न गएका कञ्चनपुर कृष्णपुर नगरपालीका–५ का ४८ वर्षीय पुनाराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर