काठमाडौं, २४ जेठ । मिडिया इन्टरनेसनलले वरिष्ठ पत्रकार किशोर नेपालको नाममा रु एक लाख एक हजार एक सय राशिको ‘किशोर नेपाल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।
मिडिया इन्टरनेसनलका माधव निर्दोषले उक्त घोषणा पत्रकार नेपालको ७० औं जन्मोत्सवका अवसरमा आयोजित एक समारोहमा गर्नुभएको हो ।
कार्यक्रममा वरिष्ठ अर्थविद् विश्वम्भर प्याकुरेल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ पत्रकार रमेश तूफान, पत्रकार प्रकाश रिमाल, शेखर खरेल लगायतले किशोर नेपालको नामबाट पत्रकारिता पुरस्कार स्थापना गर्नु महत्वपूर्ण काम भएको बताउनु भयो।
