नेपालगञ्ज, ६ जेठ । बाँकेको बैजनाथ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । अध्यक्ष पदका उम्मेदवार प्रकाशबहादुर शाहीले एमालेका घननाथ खनाललाई पछि पार्दै १२ हजार १८० मत ल्याएर विजयी हुनुभएको जानकी गाउँपालिकाको निर्वाचन कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिद्धन्दी खनालले १० हजार ३८२ मत पाउँदा नेकपा (माओवादी केन्द्र)का दीपेन्द्रबहादुर शाहले पाँच हजार २१४ मत पाउनु भएको थियो ।
उपाध्यक्षमा कांग्रेसकी निर्मला रोकायले एमालेकी प्रेमपूर्ण योगीलाई पछि पार्दै १२ हजार १५२ मत ल्याएर निर्वाचित हुनुभएको छ । योगीले दश हजार ७३३ मत ल्याउदा नेकपा (एकीकृत समाजवादी)का टङ्करनाथ योगीले चार हजार १० मत ल्याउनुभएको थियो । आठ वडा रहेको सो गाउँपालिकामा कांग्रेसले चार, एमालेले दुई र माओवादी केन्द्रले दुई वडा जीतेको थियो । अहिलेसम्म नेपागञ्ज उपमहानगरपालिकासहित पाँच पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अझै दुई पालिकाको मत परिणाम सार्वजनिक हुन बाँकी छ । जिल्लामा आठ स्थानीय तह छन् ।
वुद्धभुमिमा पुनः कांग्रेसको विजयी
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा पुनः नेपाली कांग्रेसकै नेतृत्व विजयी भएका छन् । कांग्रेसका मेयर पदका उम्मेदवार केशवकुमार श्रेष्ठले १४ हजार ३८४ मत प्राप्त गरेका छन् । श्रेष्ठले नेकपा (एमाले) का उम्मेदवार पिताम्बर खनाललाई ७८८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । खनालले १३ हजार ५९६ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयरमा पनि कांग्रेसले जितेको छ । एमालेकी उम्मेदवार मञ्जु चौधरीलाई ५६९ मतले पारजित गर्दै कांग्रेसकी उम्मेदवार मिरा थारुले विजयी भएकी छिन् । २०७४ सालको निर्वाचनमा पनि मेयर उपमेयरमा निर्वाचित भएका दुवै पुनःनिर्वाचित भएका हुन् ।
–––
