काठमाडौं, ६ जेठ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २३०० जना र ५७४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
सोही समयावधिमा १२ जना संक्रमित विसेक भएका छन् भने सक्रिय सङ्क्रमित १४९ रहेको मन्त्रालयले जनाएको छ ।
