कास्की, २ जेठ । कास्कीको माछापुच्छ«े गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनाको आज बिहान घोषणा गरिएको अन्तिम मत परिणामअनुसार कांग्रेसका मीनबहादुर गुरुङ सात हजार ९९ मतसहित अध्यक्षमा निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा(एमाले)का उम्मेदवार विक्रम गुरुङले छ हजार ६१७ मत ल्याउनुभयो ।

यसैगरी उपाध्यक्षमा कांग्रेसका सीता अधिकारीले छ हजार ३७६ मत प्राप्त गरी विजयी हुँदा एमालेका सीता तिवारीले पाँच हजार ९५१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

नौ वडा रहेको गाउँपालिकामा कांग्रेसले वडा नं १, २, ३, ४, ५, ८ र ९ मा जित हासिल गरेको छ । यसैगरी नेकपा(माओवादी केन्द्र)ले वडा नं ७ र एमालेले वडा नं ६ मा विजयी भएको छ । गाउँपालिकाको वडा नं १ मा कांग्रेसका इन्द्रबहादुर गुरुङ, वडा नं २ मा गणेश आचार्य, वडा नं ३ मा हरिश्चन्द्र लम्साल, वडा नं ४ मा मधुसुदन अधिकारी, वडा नं ५ मा नारदप्रसाद पौडेल, वडा नं ६ मा एमालेका टेकनाथ गौतम, वडा नं ७ मा माओवादी(केन्द्र)का वैकुण्ठ भण्डारी, वडा नं ८ मा कांग्रेसका राम गुरुङ र वडा नं ९ मा हरिबहादुर क्षेत्री विजयी हुनुभएको छ ।

विसं २०७४ को पहिलो स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित आठ वडा एमाले र एक वडा मात्र कांग्रेसले जितेको थियो ।

आमाछोदिङ्मोमा कांग्रेसका तामाङ विजयी
गत शुक्रबार सम्पन्न स्थानीय तहअन्तर्गतको निर्वाचन मतपरिमाण घोषणा हुन थालेको छ । गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार कैसाङनुर्पु तामाङ दुई हजार ५६३ मत प्राप्त गरी विजय हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार पेम्वाछिरिङ तामाङले दुई हजार ८० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिनुभयो ।

यसैगरी उपाध्यक्ष पदमा एमालेका उम्मेदवार प्रतिमा तामाङले दुई हजार ५४५ मत प्राप्त गरी विजय हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी देकी तमाङ दुई हजार अठासी मत प्राप्त गर्नुभएको थियो ।

यस्तै गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत रहेका छ वटा वडामध्ये १, ३, ५ र ६ को वडाध्यक्ष पदमा एमालेका क्रमशः उर्केनछिरिङ तामाङ, मिङ्मरछिरिङ तामाङ, दावामिङ्मर तामाङ र दावा सिदार तामाङ एवं वडा २ तथा ४ मा नेपाली कांग्रेसका कामीछिरिङ तामाङ र ढिण्डुप ज्याङ्वा तामाङ विजय हुनुभएको मुख्य निर्वाचन अधिकृत नेपालले जानकारी दिनुभयो ।

यसैगरी आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसको तर्फबाट हाकुका बुचुङ तामाङ एक हजार चार सय ३० मत प्राप्त गरी विजय प्राप्त गर्नुभएको छ । उहाँले दोस्रो कार्यकालको जनमत पाउनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका फुर्पुसिङ्गी तामाङले एक हजार तीन सय ४५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपाध्यक्षमा कांग्रेसकी चण्डिका तामाङ एक हजार तीन सय ८१ मतले विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी नविना तामाङले एक हजार दुई सय २३ मत प्राप्त गरेको निर्वाचन अधिकृत शान्तिप्रसाद लुइँटेलले बताउनुभयो । वडाध्यक्षको नामवली प्राप्त हुन बाँकी रहेको छ ।उत्तरगया, कालिका र नौकुण्डको मतगणना जारी रहेको र अन्तिम चरणमा पुग्न लागेको बताइएको छ ।
–––

–––

प्रतिक्रिया

सम्बन्धित खवर