काठमाडौं, २५ वैशाख । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९०५ जनाको पीसीआर र ११०५ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
पछिल्लो चौविस घण्टामा २१ जना कोरोनाबाट विसेक भएका छन् । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २०१ जना रहेको मन्त्रालयले जनाएको छ ।
