काठमाडौं, २४ वैशाख । पछिल्लो घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १४ जनामा कोरोना भाइरस संक्रमणबाट पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४२० पीसीआर र १२९६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
पछिल्लो चौविस घण्टामा २१ जना कोरोनाबाट विसेक भएका छन् भने अहिले २०५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
