काठमाडौँ, २३ वैशाख । पछिल्लो चौविस घन्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४५० जनाको पिसिआर र १००३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यसैगरी सोही समयावधिमा १७ जना कोरोनाबाट विसेक भएका छन्।
अहिले २१५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
