काठमाण्डौ, २ वैशाख । नेपाल सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १ सय ५० मिलियन अमेरिकी डलर (१८ अर्ब रुपैयाँ) बराबरको सहुलियत ऋण लिने भएको छ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले सो सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो ।
यसैगरी बैठकले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय युएसआइडीबाट प्राप्त हुने अमेरिकी डलर ६ सय ५९ मिलियन (करिब ७९ अर्ब ७१ करोड) रुपैयाँ अनुदान सहायता रकम पनि स्वीकार गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर