काठमाडौँ, २५ चैत। राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणप्रसाद दाहाल (चितवन) लाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुभएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिश गरेको थियो । दाहाल ‘प्रचण्ड’ का भाइ हुन् ।
नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको सिफारिसमा दाहाललाई राष्ट्रियसभामा मनोनित गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संविधानमा ३ जना राष्ट्रिय सभा सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । यसअघि राष्ट्रपतिले मनोनित गरेका रामनारायण बिडारीको समय सकिएपछि रित्त पदमा दाहाल नियुक्त भएका हुन् ।
