काठमाडौँ, २५ चैत ।  नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वमा लोकतान्त्रिक कानून व्यवसायी समूह विजयी भएको छ ।

वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले ४ हजार ४७४ मत ल्याएर विजयी भएका हुन् । नेकपा एमाले निकट प्रगतिशील   समूहका उम्मेदवार वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी (२४८२) लाई पराजित गर्दै घिमिरे अध्यक्षमा विजयी भए ।

त्यसै गरी प्रदेश नम्बर १ बाट उपाध्यक्षमा अधिवक्ता सुरज खत्री, मधेश प्रदेशबाट सुधीरकुमार कर्ण, बागमतीबाट हर्कबहादुर रावल, गण्डकीबाट वीरेन्द्र केसी, लुम्बिनीबाट पशुपति भण्डारी, कर्णालीबाट उत्तमप्रसाद आचार्य र सुदूरपश्चिमबाट तुलाराम गिरी निर्वाचित भएका छन् ।

महिला खुलातर्फबाट उपाध्यक्षमा आशा राई, महासचिवमा अन्जिता खनाल र कोषाध्यक्षमा भरतबहादुर राउत विजयी भएका छन् ।अन्य पदाधिकारीमा पनि घिमिरेको प्यानल नै विजयी भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर