काठमाडौं, २२ चैत। पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३२७८ जनाको पीसीआर र २३०९ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
पछिल्लो चौविस घण्टामा ५१ जना सङ्क्रमित विसेक भएका छन् ।
अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ८१२ छ ।
