काठमाडौ, १७ चैत । काठमाडौँको धोबीखोला करिडोरमा आज बिहान नवजात शिशुको शव फेला परेको छ ।
काठमाडौँ महानगरपालिका–३० मैतीदेवीस्थित धोबीखोला करिडोरको सडकमा थुपारिएको फोहोरको डङ्गुरमा सो फेला परेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले नवजात शिशुको शव सालनालसहित फेला परेको जानकारी दिनुभयो ।

उक्त शवलाई महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले मुचुल्का गरी त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाएको प्रवक्ता मैनालीले बताउनुभयो । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर