काठमाडौँ, १४ चैत  । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्य आगामी स्थानीय तह निर्वाचनमा हाल सत्ता गठबन्धनमा कायम रहेका दलसँग चुनावी तालमेलका पक्ष र विपक्षमा आ–आफ्नो धारणा   व्यक्त गर्नुभएको छ ।

शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांशले स्थानीय आवश्यकता र पार्टीको उपस्थितिका आधारमा चुनावी तालमेल गर्दा नै उपयुक्त हुने राय व्यक्त गर्नुभएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । केही सदस्यहरूले भने एक्लै चुनावमा गएर पार्टीलाई परीक्षणमा राख्नुपर्ने समेत सुझाव दिए । ‘ग​गन थापा र डा. शेखर कोइरालालेले भने तालमेल नगरी कांग्रेस एक्लै लड्नुपर्ने धारणा

बैठकमा कांग्रेसले स्थानीय तहको निर्वाचनका सन्दर्भमा हाल सञ्चालन गरिरहेको एकमहिने ‘घर–घर जाऔँ कांग्रेस जिताऔँ’ अभियानको समीक्षाका साथै आगामी निर्वाचनमा पार्टीलाई कसरी बढीभन्दा बढी सिटमा विजयी तुल्याउने भन्नेलगायत समसामयिक विषयमा सदस्यहरूले धारणा प्रस्तुत गर्नुभएको थियो ।

आजको बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय गगन थापा र  विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

बैठक चैत्र १५ गते मंगलबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने छ । भोलिको बैठकबाट आशन्न निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषयमा निर्णय हुने जनाइएको छ । प्रवक्ता डा महतले मङ्गलबार दिउँसो पुनः बस्ने केन्द्रीय कार्य समिति बैठकले सदस्यका धारणाका आधारमा आवश्यक निर्णय गर्ने जानकारी दिनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर