काठमाडौं, ११ चैत । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २८२२ जनाको पीसीआर र १५२० जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
पछिल्लो चौविस घण्टामा २७१ जना कोरोनबाट विसेक भएका छन् । त्यस्तै, पछिल्लो चौविस घण्टामा एकजनाको पनि कोरोनाबाट ज्यान नगएको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म सङ्क्रमणबाट ज्यान जानेको सङ्ख्या ११,९५१ पुगेको छ ।
अहिले १९०६० जना सक्रिय सङ्क्रमित छन् ।
