काठमाडौँ, ४ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत ११ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।
बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा,हुनेछ । यसकासाथै संसदीय समिति गठनलगायत विषयमा छलफल हुने कार्यसूची रहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पार्टी विधानअनुसार निर्वाचन लड्ने उमेदवार तय गर्ने र टिकट वितरण गर्ने अधिकार संसदीय समितिलाई मात्र छ।स्थानीय तहको निर्वाचनमा महानगरको टिकट संसदीय बोर्डले दिईने बैधानिक ब्यबस्था छ ।
