काठमाडौँ, १ चैत । सरकारले सङ्घीय संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आजै राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले   जानकारी दिनुभयो ।

नेपालको संविधानअनुसार संसद् अधिवेशनको अन्त्य र सुरुआत सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । संसद्को चालु अधिवेशन गत मङ्सिर २८ गतेदेखि प्रारम्भ भएको हो । चालु अधिवेशनको संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस नगरेको भन्दै बैठक अवरुद्ध गर्दै आएको छ ।

अधिवेशनको अन्त्य भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रक्रिया लम्बिएको छ ।

अधिवेशन अन्त्य गर्दा महत्वपूर्ण विधेयक रोकिएको अवस्था छ । ‘संसदबाटै छलफल गरेर नागरिकता विधेयक टुंग्याउनुपर्ने अदालतको आदेश छ । एमालेको अवरोध बेहोरेको संसद्‌मा नागरिकता विधेयक अघि बढ्न सकेन।  नागरिकता विधेयक संसद्‌बाट पास भएर ऐन बन्ने प्रक्रिया पनि अनिश्चित बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर