काठमाडौं, २७ फागुन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५६०७ जनाको पीसीआर र २३७४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

सोही अवधिमा १८९ जना विसेक भएका छन् ।

पछिल्लो चौविस घण्टामा १ जनाको ज्यान गएको छ । यससहित ज्यान जानेको सङ्ख्या ११,९५० पुगेको थियो ।

यसैगरी अहिलेसम्म ५२१२ जना सक्रिय सङ्क्रमित छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर