काठमाण्डौ, २० फागुन । अष्ट्रेलियाका विश्व विख्यात क्रिकेट खेलाडी सेन वार्नको निधन भएको छ।यो समाचार फक्स क्रिकेटले प्रकाशित गरेको छ । समाचार अनुसार वार्नको निधन हृदयघातको कारण भएको आशंका गरिएको छ ।
वार्नको व्यवस्थापकका अनुसार नेपाली समयअनुसार आजै शुक्रबार साँझ उहाँको निधान भएको हो । वार्न ५२ वर्षको हुनुहुन्थ्यो ।
उहाँ थाइल्याण्ड स्थित आफ्नो भिल्लामा हुनुहुन्थ्यो । त्यही अचेत अवस्थामा भेटिएका ५२ वर्षिय वार्नलाई तत्काल चिकित्सकीय सहयोग दिइए पनि बचाउन नसकिएको उहाँको व्यवस्थापकले जानकारी दिएका छन्।
वार्न विश्वकै सर्वाधिक सफल लेग स्पिनर वार्न खेलाडी मानिनुहुन्छ ।उहाले अष्ट्रेलियाबाट १ सय ४५ टेस्ट र १ सय ९४ ओडिआई खेल खेल्नु भएको थियो । उहाँले टेस्टमा ७ सय ८ विकेट र ओडिआईमा २ सय ९३ विकेट गिराउनुभएको तियो ।
