काठमाडौं, १६ फागुन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १८० जना कोरोना भाइरस पुष्टिभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार ५,२१८ पीसीआर र ३,१२३ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
सोही समयावधिमा ४०० जना संक्रमित विसेक भएका छन्।
उक्त अवधिमा १ जना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ।
यससँगै ज्यान जानेको संख्या ११,९३६ पुगेको छ। अहिले ८,२३५ जना संक्रिय संक्रमित छन्।
