काठमाडौं, १४ फागुन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २२३९ जनाको पीसीआर र २९१३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार सोही अवधिमा ५४० जना कोरोनाबाट विसेक भएका छन् ।
मन्त्रालयका अनुसार चौविस घण्टामा २ जनाको ज्यान गएको छ । योसँगै ज्यान जानेको सङ्ख्या ११,९३४ पुगेको छ ।

त्यस्तै अहिले ८८३९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर