काठमाडौं, १३ फागुन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजन परिक्षण गर्दा थप २७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५४५२ जनाको पीसीआर र ३१७८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार सोही समयावधिमा ५५५ जना कोरोनाबाट विसेक भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा १ जनाको ज्यान गएको छ । योसँगै ज्यान जानेको सङ्ख्या ११,९३२ पुगेको छ ।
त्यस्तै अहिलेसम्म ९२८० जना सक्रिय सङ्क्रमित रहेका छन् ।
