काठमाडौँ, १२ फागुन । रुसले युक्रेनमाथि गरेको शक्ति प्रयोगको नेपालले विरोध जनाएको छ ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दौ सो जनाएको हो ।
विज्ञप्तिमा ‘नेपाल सरकारले युक्रेनको घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ । तनाव नबढाउन र सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गर्दछ,’ भनिएको छ ।

संयुक्त राष्ट्र संघको सदस्यको हैसियतले नेपालले राष्ट्रसंघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरूको पालना गर्न पनि नेपालले रुसलाई आग्रह गरेको छ ।

विज्ञप्तिमा राष्ट्रसंघको सबै सदस्य राष्ट्रहरूले सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरूको पूर्ण रूपमा सम्मान गर्नुपदृछ भनिएको छ ।

‘युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रहरूलाई स्वतन्त्र संस्थाको रूपमा मान्यता दिनु संयुक्त राष्ट्र संघको बडापत्रको प्रावधानको विपरीत हो । नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देश विरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ र कूटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधान खोज्नेमा विश्वास गर्दछ,’ विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर