काठमाडौं, ८ फागुन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप २६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,५७२ जनाको पीसीआर र ३२४३ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
त्यसैगरी पछिल्लो चौविस घण्टामा कोरोनाले ४ जनाको ज्यान लियो भने १३३८ जना विसेक भएका छन्। अहिले १२,२४४ जना सक्रिय संक्रमित रहेका छन्।
