काठमाडौ, ६ फागुन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ४३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,१३३ जनाको पीसीआर र ३,९५८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो चौविस घण्टामा कोरोनाबाट विसेक हुनेको संख्या २४५४ रहेको छ भने २ जनाको ज्यान गएको छ ।

योसँगै ज्यान जानेको संख्या ११,९१३ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म सक्रिय संक्रमितको संख्या १४,४३५ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर