काठमाण्डौं, ५ फागुन । नेपाली काँग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन पुनः दुइ दिन पछि सारेको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिको आज बिहीबार बसेको बैठकले यो निर्णय गरेको हो ।
नयाँ कार्यतालिका अनुसार अब ती जिल्लाको अधिवेशन यही फागुन १५ गते हुनेछ ।
यसअघि अधिवेशन हुन बाँकी सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली – यी १६ जिल्ला अधिवेशन फागुन १३ गते गरिने कार्यतालिका थियो ।
केन्द्रीय निर्वाचन समितिले जनाए अनुसार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र पार्टी नेतृत्वबाट अनुरोध भई आएबमोजिम जिल्ला अधिवेशनको कार्यतालिका र मिति परिवर्तन गरिएको हो ।
ती १६ जिल्लाबाहेक अन्य जिल्लामा निर्वाचन हुन बाँकी महासमिति सदस्य पदको निर्वाचन र जिल्ला कार्यसमिति मातहतका पालिका र वडा कार्यसमितिका बाँकी निर्वाचन निर्धारित फागुन १० गतेभित्रै हुने समितिले जानाएको छ ।
