काठमाडौं, ६ फागुन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
यस्तै पछिल्लो चौविस घण्टामा १९९३ जना कोरोनाबाट विसेक भएका छन् भने सोही समयावधिमा ६ जनाले ज्यान गुमाएका छन्।
यससहित ज्यान गुमाउनेको संख्या ११,९११ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै अहिले १६,६१६ जना सक्रिय संक्रमित रहेका छन्।
