काठमाडौं, ३ फागुन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ६८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४२५६ जनाको पीसीआर २८३९ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार सोही अवधिमा १८३५ जना कोरोनाबाट विसेक भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा २ जनाको ज्यान गएको छ । योसँगै ज्यान जानेको सङ्ख्या ११,९०२ सय पुगेको छ ।

त्यस्तै, अहिले १९ ,४०० सक्रिय सङ्क्रमित रहेको मन्त्राालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर