काठमाडौं, २ फागुन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टीजेन गर्दा थप ७४७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६२७९ जनाको पीसीआर २४१७ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार सोही समयावधिमा २३१९ जना विसेक भएका छन् ।
मन्त्रालयका अनुसार चौविस घण्टामा ८ जनाको ज्यान गएको छ । योसँगै कोरोनाबाट ज्यान जानेको सङ्ख्या ११९०० पुगेको छ ।
त्यस्तै, अहिले २०,७३९ जना सक्रिय सङ्क्रमित छन् ।
