काठमाडौं, १ फागुन । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट १० जनाको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार ६०३७ जनाको पीसीआर र ४०७८ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
यसैगरी पछिल्लो चौविस घण्टामा ३९३५ जना विसेक भएको मन्त्रालयले जनाएको छ ।
अहिले सक्रिय संक्रमितको संख्या २२,५८४ रहेको छ।
