काठमाडौं, २९ माघ । पछिल्लो चौविस घण्टामा थप ८३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४२६० जनाको पीसीआर र २३९४ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
मन्त्रालयले सोही समयावधिमा १८२६ जना कोरोनाबाट विसेक भएको जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा ४ जनाको ज्यान गएको यससँगै ज्यान जानेको सङ्ख्या ११,८८२ पुगेको छ ।
यसैगरी अहिलेसम्म २६,१०२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
