काठमाडौं २८ माघ ।   पटक पटक सार्दै आएको नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १३ गते हुने भएको छ ।नेपाली काग्रेसको कार्यसम्पादन समितिको बैठककै बीचमा काँग्रेसको केन्द्रीय निर्वाचन समितिले अधिवेशन गर्ने निर्णय गरेको हो । आज बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले  कोभिड-१९ को कारण रोकिएको फागुन १३ अधिवेशन गर्ने तय भएको बताउनुभयो । ।

कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत १६ जिल्ला कार्यसमितिको निर्वाचन हुन बाकी छ ।  सप्तरी, सिराहा, धनुषा, महोत्तरी सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर बाँके, कैलाली र अछाम सहित १६ जिल्लाको जिल्ला अधिवेशन हुन बाँकी छ ।

यसअघि जिल्लाहरूमा  माघ १५ गते अधिवेशन गर्ने निर्णय गरिएको थियो फागुन १० गतेभित्र अधिवेशन बाँकी वडा र पालिका, प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर