काठमाडौँ, २४ माघ । अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएको फाइनलमा सेनेगलले इजिप्टलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएर पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ । अघिल्लो दुईवटा फाइनल पराजय पछि, सेनेगल अन्ततः अफ्रिका कप अफ नेसन्सको विजेता भएको हो।
आइतबार राति क्यामरुनमा भएको फाइनल खेलमा निर्धारित समय र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको थियो ।
लिभरपुलका फरवार्ड दुई सुपरस्टार सेनेगलका कप्तान माने र इजिप्टका कप्तान मोहम्मद सलाह बीचको प्रतिष्ठाको लडाईं मानिएको थियो ।
खेलको सातौं मिनेटमै सेनेगलले पेनाल्टीको अवसर पाएको थियो। तर, फरवार्ड साडियो मानेले गोल गर्न सकेपछि खेल बराबरी भएको थियो।
सेनेगल कोच अलिउ सिसेले भने- यदि तपाइँ कडा परिश्रम गर्नुहुन्छ, यदि तपाइँ लगनशील हुनुहुन्छ भने, तपाइँ जे चाहानुहुन्छ प्राप्त गर्नुहुनेछ ।
म धेरै भावुक छु किनभने सेनेगलका जनताले ६० वर्षदेखि यो ट्रफी चाहन्छन्।
