काठमाडौ, २३ माघ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट ११ जनाको ज्यान गएको छ ।
यससहित कोरोनाबाट ज्यान जानेको संख्या ११,८१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही समयावधिमा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १ ३८६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ६४४३ जनाको पीसीआर र २८०८ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
पछिल्लो चौविस घण्टामा ८७०४ जना कोरोनाबाट विसेक भएका छन् भने अहिले ४५ ,२४८ संक्रिय संक्रमित छन् ।
