काठमाडौं, २१ माघ । पछिल्लो चौविस घण्टामा कोरोनाबाट १६ जनाको ज्यान गएको छ । यो सहित ज्यान जानेको सङ्ख्या ११,७९४ पुगेको छ ।
यसैगरी सोही समयावधिमा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २५२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६६६५ जनाको पीसीआर र ४४१८ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार सोही समयावधिमा ८४२५ जना कोरोनाबाट विसेक भएका छन् भने ५६, ४५७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
