काठमाडौँ, २१ माघ । उत्तरी सिरियामा अमेरिकाले गरेको एउटा कारबाहीमा इस्लामिक स्टेट ९आईएस० समूहका एकजना वरिष्ठ उपप्रमुख मारिएको अमेरिकी अधिकारीहरूले बताएका छन्।

अमेरिकी कारबाहीमा आफू बच्न नसक्ने अवस्थामा पुगेपछि आईएस समूहका नेता अबु इब्राहिम अल(हाशिमी अल(कुरेशीले एउटा आत्मघाती विस्फोटन गराएर आफू र आफ्नो परिवारको ज्यान लिएको बताइएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त कारबाहीका क्रममा सर्वसाधारणलाई सकेसम्म जोगाउने कोसिस गरिएको बताएका छन्।

गोलाबारीपछि अमेरिकी विशेष दलका सैनिकहरूले अबु इब्राहिमलाई उनी लुकेको स्थानमा घेरा हालेका थिए।

त्यसपछि उनले आफैँले विस्फोटन गराएर आफू र परिवारको ज्यान लिएको बताइएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले बिहीबार मध्यरातको उक्त छापामार शैलीको कारबाहीबारे जानकारी दिएका छन्।

इब्राहिमको अन्त्यले विश्वका लागि ठूलो आतङ्कवादी खतरा हटाएको बाइडनले बताएका छन्।

अमेरिकी अधिकारीहरूले मारिएका आईएस नेताको नाम उल्लेख नगरी महिनौँको योजनामा भएको उक्त कारबाहीको नाटकीय विवरण दिएका छन्।

आईएसले हालसम्म उक्त घटनाबारे सार्वजनिक टिप्पणी गरेको छैन।
टर्कीसँग सीमा जोडिएको इड्लिब प्रान्तको अत्मा सहरको बाहिरी इलाकास्थित एउटा तीन तले घरलाई लक्षित गरेर अमेरिकाले उक्त कारबाही गरेको बताइएको छ।

घटनास्थलमा पुग्ने सहायताकर्मीहरूले उक्त कारबाही गरिएको टोलमा ६ जना बालबालिकासहित १३ जनाको हत्या भएको बताएका छन्।उक्त क्षेत्रमा कैयौँ अमेरिकी हेलिकप्टउत्रेका थिए र आधा रातमा उक्त कारबाही भएको थियो।

स्थानीय स्रोतहरूले अमेरिकी सेनाले त्यहाँ कडा प्रतिरोधको सामना गर्नु परेको बताएका छन्। त्यहाँ घण्टौँसम्म गोलाबारीको आवाज सुनिएको थियो।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसका प्रवक्ताले निहत्था नागरिकहरूको हताहतिको विवरणबारे छानबिन हुनु महत्त्वपूर्ण भएको बताएका छन्।-श्रोत बीबीसी

 

 

प्रतिक्रिया

सम्बन्धित खवर